मुस्ताङको खाजाघरमा चोरी गर्ने राजकुमार भक्तपुरबाट पक्राउ
मुस्ताङ | बैशाख १९, २०८०
गत पुस १२ गते राति मुस्ताङको वारागुङ गाउँपालिका १ स्थित छिरिङ खाजाघरबाट नगद ५ लाख रुपैयाँ चोरी गर्ने राजकुमार मोक्तान पक्राउ परेका छन् ।
चोरी गरी फरार भएका मोक्तानलाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरको जगातीबाट पक्राउ गरेको छ ।
मोक्तानलाई पक्राउ गरी सहयोग गरिदिन मुस्ताङ प्रहरीले पत्राचार गरेपछि अनुसन्धान कार्यालय एक्सनमा आएको थियो । मोक्तानले खाजाघरको झ्यालबाट पसेर नगद चोरी गरेको स्वीकारेको कार्यालयले जनाएको छ ।
रामेछापको सुनापति स्थायी ठेगाना भएका मोक्तानलाई कार्यालयले जिल्ला प्रहरी कार्यालय मुस्ताङ पठाइसकेको जनाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...
फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ। तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो। ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...
पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ । पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

